काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) १२.६० अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत घटेर २६६१.०८ विन्दुमा पूगेको हो ।
यस दिन ११ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ ।
फाइनान्स समूह आज पनि ४ प्रतिशत भन्दा धेरैले बढेको देखिन्छ । बजारमा गिरावटका बाबजुद आज ४ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्समा सकारात्मक सर्किट लागेको हो । बजारमा आज ङादी ग्रुप पावरको शेयर सर्वाधिक कारोबार भएको छ ।
यस दिन ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सेचञ्ज (नेप्से)ले जनाएको छ ।














