काठमाडौं । पाकिस्तानले भारतविरूद्ध जबाफी कारबाही सुरू गरेको घोषणा गरेको छ।
पाकिस्तानी मिडियाहरुका अनुसार पाकिस्तानले भारतले चलाएको ‘अपरेसन सिन्दुर’ को जबाफमा अपरेसन ‘बनयान उल मर्सुस’ चलाएको हो।
पाकिस्तानी सरकारका एक मन्त्रीले पनि पाकिस्तानी अपरेशनबारे पुष्टि गर्दै ‘पाकिस्तान चुप लागेर बस्ने स्थिति’ नरहेको बताएका छन्। यो अपरेसबाट भारतीय हमलाको जबाफस्वरूप उनीहरुको सैन्य अड्डामा हमला गरिने भनेर संघीय सरकारले विज्ञप्ति नै जारी गरिसकेको पाक मिडियाहरुले दाबी गरेका छन्।
गएराति पाकिस्तानी वायु सेनाका तीन एयरबेसमा भारतले क्षेप्यास्र प्रहार गरेको पनि विज्ञप्तीमा उल्लेख छ।
डनले पाकिस्तानको सरकारी मिडियालाई उद्धृत गर्दै अपरेसन बन्यान उन मर्सुसबाट आक्रमण भएका भारतीय भूभागहरुको सूची नै सार्वजनिक गरेको छ।
उसले भारतको अदामपुरमा रहेको हवाइ प्रतिरक्षा प्रणाली एस-४०० लाई पाकिस्तानले जेएफ-१७ हाइपरसोनिक मिसाइलले नष्ट बनाएको दाबी गरेको छ।
भारतले अप्रिल २२ मा जम्मू-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको जबाफमा अपरेसन सिन्दुर चलाएर बुधबार राति पाकिस्तानी भूभागमा आक्रमण गरेको थियो।
त्यसयता भारत र पाकिस्तानबीच मिसाइल र ड्रोन हमला भइरहेका छन्।यससगै भारत र पाकिस्तानबिच पुर्णकालिन युद्ध सुरु भएको ठानिएको छ ।














