भारत र पाकिस्तानबिच युद्धविराम, सबै सैन्य कारबाहि रोक्ने सहमति



काठमाडौं भारत र पाकिस्तानका बिच युद्धविराम भएको छ ।

आज साझ ५ बजे देखि युद्धविराम लागू हुने भारतीय विदेश सचिव विक्रम मिस्रीले पुष्टि गरेका हुन् ।

यसअघी आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए।

दुवै देश तत्काल र पुर्ण युद्धविरामका लागि सहमत भएको दाबी गर्दै युद्धविरामका लागि सहमत भएकोमा ट्रम्पले दुवै देशलाई बधाई समेत दिएका थिए ।

प्रकाशित मिति : बैशाख २७, २०८२ शनिबार  ६ : ३४ बजे