सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार  ११ : ३२ बजे