स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राईविरूद्ध मुद्दा दर्ता



काठमाडौँ । कांग्रेस सांसद माया राईविरुद्ध सहकारी ठगि मुद्दामा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगि मुद्दामा फरार रहँदै आएकी राईलाई वैशाख १३ गते राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।

स्वर्णलक्ष्मी ठगी प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिमाथि मुद्दा दायर भएको थियो । उनी पछि धरौटीमा रिहा भएका थिए ।

भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार  ६ : ०४ बजे