काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा मिश्रले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको हो।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा अराजक गतिविधि गरेको भन्दै मिश्र पक्राउ परेका थिए ।









