काठमाडौँ । जापानले ७ जना नेपालीलाई निष्कासन गरेको छ।
गैरकानुनी रूपमा बस्दै आएको भन्दै जापानी अध्यागमनले उनीहरूलाई निष्काशन गरेको हो।
उनीहरूलाई थाई एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो।
वैशाख अन्तिम साता पनि जापानले २ जना नेपालीलाई निष्कासन गरेको थियो।














