आइतबार सुनको मूल्यमा गिरावट



काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको हो ।

यता, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०८२ आईतबार  ११ : ४४ बजे