मन्त्रिपरिषद्को बैठक बस्दै, आजै गभर्नर नियुक्त हुन सक्ने



काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ ।

सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् ।

समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०८२ सोमबार  ९ : ५२ बजे