सिप्रदी ट्रेडिङको प्रि-बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म



काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखी प्रि-बजेट एक्सचेन्ज फेस्टलाई थप ३ दिनको लागि विस्तार गरेको छ।

अब यो अफर १९ देखि २१ मे २०२५ सम्म, अर्थात् जेठ ५ देखि ७ सम्म जारी रहनेछ।

यस विशेष अफरअन्तर्गत, ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर टाटा मोटर्सका नयाँ इलेक्ट्रिक गाडीहरूमा स्विच गर्न सक्नेछन्। यसबाट ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, जीवनभर निःशुल्क चार्जिङ र ८०५ प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्नेछन्। यस अवसरमा टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा अफर उपलब्ध हुनेछ।

साथै, ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र यसको स्थापना सेवा पनि प्राप्त गर्नेछन्। इच्छुक ग्राहकहरूले देशभरका सिप्रदीका आधिकारिक सोरुमहरूमा गएर टेस्ट ड्राइभ गर्न र अफरका बारेमा विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।

सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साह र सहयोगलाई धन्यवाद दिँदै, यो अफरको समयावधि थप गरेको जनाएको छ। यसले इलेक्ट्रिक गाडीमा स्विच गर्न चाहनेहरूको लागि अझ राम्रो अवसर प्रदान गर्दछ।

सिप्रदी ट्रेडिङले यो अफरको विस्तारसँगै ग्राहकहरूलाई यस अवसरको फाइदा लिन आग्रह गरेको छ।

प्रकाशित मिति : जेष्ठ ५, २०८२ सोमबार  १ : ४२ बजे