काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित गरेका छन् । सोमबार ९आज० साँझ ६ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे छलफलका लागि ओली–देउवाबीच भेटवार्ता हुन लागेको बताइएको छ । उनीहरुबीच आज साँझ भेटवार्ताको समय तय भइसकेको छ ।
उनीहरूबीच विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउनेगरी छलफल हुन लागेको बताइएको छ ।
डेढ महिना लामो अवधिदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ । कानुनतः गभर्नरको कार्यकाल सकिनु एक महिनाअगावै नयाँ नियुक्ति गरिनुपर्ने हुन्छ । तर, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको डेढ महिना भइसक्दा पनि राष्ट्र बैंकले गभर्नर पाउन सकेको छैन ।
कांग्रेस सभापति देउवाले अर्थशास्त्री डा।विश्व पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरिसकेका छन् ।









