अर्थमन्त्रीले बोलाए गभर्नर सिफारिस समितिको बैठक



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अध्यक्ष रहेको गभर्नर सिफारिस समितिको बैठक मंगलबार (आज) दिउँसो ४ बजेलाई बोलाइएको छ ।

गभर्नर नियुक्तिमा ओलीले अडान दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो। सोमवार मन्त्रिपरिषद् बैठक स्थगित गरेर ओलीले देउवालाई बालुवाटार बोलाएका थिए। तर गभर्नर नियुक्ति प्रक्रिया अघि नबढाउने तर फेरि छलफलका लागि मात्र बोलाउने भन्दै ओलीले बोलाएको बैठकमा नै सहभागी भएनन्।

मंगलबार ओली र देउवाबीच झन्डै एक घण्टा कुराकानी भएको थियो। कुराकानी पछि ओली गभर्नर सिफारिस समितिको बैठक बोलाउन सहमत भएर अर्थमन्त्री पौडेललाई समितिको बैठक बोलाउन निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशन अनुरूप गभर्नर सिफारिस समितिको बोलाइएको हो।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार  ३ : २३ बजे