भैरहवा विमानस्थल अध्ययन उपसमितिमा माओवादी सांसद नराखिएकोमा आपत्ति



काठमाडौँ । सार्वजनिक लेखा समिति अन्तर्गत भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीका सांसदहरू नराखेको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

आज (बुधबार) बसेको बैठकमा सांसद लेखनाथ दाहालले उपसमितिमा माओवादी सांसद नसमेटिएको भन्दै आपत्ति जनाएका हुन् ।

उपसमितिमा एमाले सांसद योगेश भट्टराई, रास्वपा सांसद मनीष झा, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, एमाले सांसद अच्युतप्रसाद मैनाली, राप्रपा सांसद विक्रम पाण्डे, कांग्रेस सांसद श्यामकुमार घिमिरे र एमाले सांसद सराज अहमद फारुकी छन्।

लेखनाथ दाहालले भने, ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा हाम्रो दल आबद्ध सदस्यहरूलाई सहभागी नगराई बनाएकोमा गम्भीर आपत्ति छ’,।

प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार  ३ : ५६ बजे