रवि लामिछानेको तर्फबाट बहस सकियो



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी सर्वोच्च अदालतमा दायर रिटमा लामिछानेका वकिलहरुको बहस सकिएको छ ।

लामिछानेको तर्फबाट वकिलहरुको बहस सकिएको हो ।

मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस सकाएका हुन् ।

प्रकाशित मिति : जेष्ठ ८, २०८२ बिहीबार  २ : ४५ बजे