काठमाडौं । आज बसेको लेखा समिति बैठकले प्रतिनिसधभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काभ्रेको पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ।
उक्त प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको हो ।
पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय तथा विभिन्न ठाउँमा सोधपुछ गरी प्रतिवेदन बनाइएको थियो। त्यसलाई थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय भएको छ,’ सभापति पोखरेलले भने।
हालै अख्तियारले पतञ्जलीको जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बयान लिएको थियो।









