राजावादीको आन्दोलनमाथि प्रतिबन्ध लाग्न सक्छ : सञ्चारमन्त्री गुरुङ



काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधानविरोधी भएकोले राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध लगाउ सक्ने बताएका छन्।

सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउदै गुरुङले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले सरकारले आवश्यक परे राजावादीको आन्दोलनमाथि प्रतिबन्ध लगाउन सकिने दाबि गरे । आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभई उदारता भएको र कमजोरी नठान्न चेतावनी दिए।

ूहामीले फेरि पनि एकदम उदारतापूर्वक संविधानको विरोध गर्नेहरूलाई पनि स्थापित लोकतन्त्रको मूल्यमान्यताको विरोध गर्नेहरूलाई पनि र यो शासन प्रणाली उल्ट्याउन चाहनेलाई पनि सभा, संगठन गर्ने, बोल्ने अधिकार छुट दिएका छौ । त्यो हाम्रो कायरता होइन, हाम्रो कमजोरी होइन, हामी डराएर गरेको होइन । त्यसरी दिँदा उनीहरूले हामीलाई कमजोर नठाने हुन्छ,ू उनले भने ।

अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, स्थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताए।

प्रकाशित मिति : जेष्ठ ८, २०८२ बिहीबार  ४ : २० बजे