काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सुरु भएको छ । गत मंगलबारदेखि न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुरु भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा पर्दै आएको छ ।
रवि लामिछानेको रिटमा सुनुवाइ सकिएपछि आजै आदेश आउने सम्भावनाछ ।
बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए ।
बिहीबार सरकारका तर्फबाट गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका थिए।
बन्दी प्रत्यक्षीकरणको रिटको अन्तिम आदेश आज आउने सम्भावना रहेको अधिवक्ता प्रमोद न्यौपानेले जानकारी दिएका छन् ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदन र जोशीको रिटमाथि सर्वोच्च अदालतमा गत मङ्गलवारदेखि सुनुवाइ जारी छ ।









