काठमाडों । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वराज पौडेलको नियुक्ति नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबीसहित सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन परेको छ।
योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमामा रिट निवेदन पेस भएको हो ।
अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनलाई गत ६ जेठमा गभर्नर नियुक्त गरेको थियो ।









