भिजिट भिसा प्रकरण : गृहमन्त्री भन्छन् – गलत प्रमाणित भए राजनीतिमा देखा पर्दिन



काठमाडौँ९ भिजिट भिसामा विदेश जाने नेपालीसँग चर्को रकम घुस लिने कामका लागि सेटिङ मिलाएको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपबारे केही दिनमा बोल्ने बताएका छन्।

शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ। केही दिन चुप लागेर बसेको थिएँ। यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजी राखेको थिएँ,’ उनले जिकिर गरेका छन्, ‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु। काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ। दुईचार दिनमा आफैँ पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’

उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दैनँ।’

आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले आफ्नो कुरा राख्ने उनले बताए।

प्रकाशित मिति : जेष्ठ १०, २०८२ शनिबार  ४ : ०३ बजे