एमाले नेताहरुसहित चीनतर्फ लागिन् पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राति नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी छन्।

प्रतिनिधिमण्डलमा एमालेबाहेकका अन्य दलका सदस्यहरू सहभागी छैनन्।

राष्ट्रपति पदबाट अवकाश लिएपछि भण्डारीको यो पहिलो विदेश यात्रा हो। सक्रिय राजनीतिमा पुनः प्रवेश गर्नका लागि भण्डारीले विदेश यात्रा सुरु गरेको कूटनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, ओलीका आलोचक कर्ण थापा र मदन भण्डारीका भाइ डा। कैलाश भण्डारी सहभागी छन्।

यद्यपि, चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटघाटको कार्यक्रम हालसम्म तय भएको छैन। राष्ट्रपति पदमा रहँदा भण्डारीले सी जिनपिङले नेपाल भ्रमण गरेका थिए।

प्रकाशित मिति : जेष्ठ ११, २०८२ आईतबार  ९ : ५२ बजे