काठमाडौं । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए ।
यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको यो राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विस्तृत दायराका सीपहरूको परीक्षण गर्न डिजाइन गरिएको थियो।
प्रतियोगितामा सहभागीहरुले सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरेको यामाहा नेपालले जनाएको छ ।
प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइभा लगायतका चरणहरू पार गरेका थिए ।
प्रतियोगिताले उनीहरूको गहिरो ज्ञान, प्रविधिक दक्षता र सटीकताको लागि समर्पणलाई देखाउने प्लेटफर्म प्रदान गरेको यामाहा नेपालले जनाएको छ ।
प्रतियोगिता सुकदेव कुमार माझी विजेता बनेका छन् भने रोनित श्रेष्ठ प्रथम उपविजेता तेस्तै सागर त्वाती र बिनोद चौधरी दोस्रो उपविजेता (साझा विजेता) बनेका छन् ।विजेताहरूको उत्कृष्ट प्रदर्शनले ग्राहक सन्तुष्टि र सवारी सुरक्षामा सर्भिसकर्मीहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको यामाहा नेपालले जनाएको छ ।
यस अवसरमा, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ श्री दीपक कुमार अग्रवालले भने, यामाहा एउटा ब्रान्ड मात्र होइन, यो नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान हो। हरेक उत्कृष्ट यामाहा अनुभवको पछाडि एउटा दक्ष प्रविधिक हुन्छ, जसले हरेक यात्रा सहज र सुरक्षित बनाउँछ। जनशक्तिमा लगानी गर्न दृढ रहँदै हामी उनीहरूलाई सही उपकरण, तालिम र अवसरहरू प्रदान गरेर सक्षम बनाउँदैछौं। यो प्रतियोगिता ग्राहक सन्तुष्टि र ब्रान्डप्रतिको विश्वासको आधार सक्षम जनशक्ति नै हो भन्ने हाम्रो विश्वासको प्रमाण हो।
एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशकै सबैभन्दा विश्वासिलो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्डहरूमध्ये एक हो। जापानी प्रविधिमा आधारित, भरपर्दो सेवा र सशक्त आफ्टर सेल्स सर्भिस प्रणालीमार्फत यामाहाले प्रदर्शन, स्टाइल र ग्राहक सेवामा उच्चतम मापदण्डहरू कायम राख्दै आएको छ।














