गृहमन्त्रीबारे उठेका प्रश्नका विषयमा छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दै छ ।

बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न र आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको विषयमा छलफल गर्न दलको बैठक बोलाएको हो ।

प्रकाशित मिति : जेष्ठ १२, २०८२ सोमबार  १ : १७ बजे