प्रधानमन्त्री ओली, सभापति देउवा र गृहमन्त्री लेखकबीच बालुवाटारमा छलफल



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको लागि देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार गएका हुन् ।

भिजिट भिसा प्रकरणले सदन अवरोध भएको र गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएपछि पछिल्लो अवस्थाबारे छलफल गर्न सभापति देउवा बालुवाटार गएका हुन् ।

उनीसँगै गृहमन्त्री लेखकपनि बालुवाटारमा छन् ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ बुधबार  ११ : २७ बजे