लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त



बुटवल । लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।

जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ पदमुक्त भएको सूचना प्रदेश सभाले जानकारी दिएको हो।

वैशाख ३० गते गुरुङले सामाजिक सञ्जालमार्फत राजीनामा दिएकी थिइन्।

गीताले प्रदेशसभाको इमेलमा राजीनामा पठाएकी थिइन्।

जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले उनी पदमुक्त भएको बताए।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ बुधबार  ३ : ४० बजे