काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा विपक्षीको अवरोध हटाउने प्रयासस्वरूप छलफल र बैठक गर्न बोलाएका छन् ।
सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि छलफल गर्न सभामुख देवराज घिमिरले संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाएका हून् ।
अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आउँदो ‘क्यालेन्डर’ तय गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।
त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल पनि गर्दैछन् ।









