सभामुख घिमिरे र दलका सचेतकबीच छलफल



काठमाडौं । सभामुख देवराज घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने विषयमा सभामुख घिमिरेले दलका सचेचकहरुसँग छलफल थालेका हुन् ।

छलफल तथा बैठक संसदको अवरोध हटाउने र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले आयोजना गरेको सभामुखको सचिवालयले जनाएको छ ।

विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् ।

यो छलफल लगत्तै उनले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : जेष्ठ १६, २०८२ शुक्रबार  १२ : २७ बजे