संसद् खुलाउने विषयमा सभामुखसँगको छलफल निष्कर्षविहीन



काठमाडौँ । संसद् खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतसँग गरेको छलफल निष्कर्षविहीन भएको छ।

प्रतिनिधिसभाको बैठकपूर्व सभामुख घिमिरेले सदन अवरोधबारे प्रमुख सचेतकसँग छलफल गरेका थिए । तर, सत्तापक्ष र विपक्षी दलले अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको हो ।

प्रतिनिधिसभा बैठकअघि सभामुखले दलका सचेतकहरूसँग गरेको छलफलमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति वा न्यायिक छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखे ।

प्रकाशित मिति : जेष्ठ २१, २०८२ बुधबार  २ : ५४ बजे