काठमाडौँ । प्रतिनिधिसभाको बैठक बिहीबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ।
बुधबार बिहान ११ बजेका लागि बस्ने भनिएको बैठक दिनको १ बजेका लागि फेरि दिनको ३स्१५ का लागि सारिएको थियो। तर, यस अवधिमा पनि सहमति नजुटेपछि बैठक भोलिसम्मलाई सारिएको हो ।
बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो ।









