इलोन मस्क र डोनल्ड ट्रम्पबीच ‘वाकयुद्ध’



काठमाडौं । संसारले यसको जबाफ अब पाउँदैछ – र त्यो खासै राम्रो देखिँदैन। डोनल्ड ट्रम्प र इलोन मस्कसँग आफ्नो कुरा राख्ने सबभन्दा विशाल माध्यमहरू छन्।अब उनीहरू एकअर्का विरुद्ध खनिएका छन्।

विमतिहरू वाकयुद्धमा परिणत भएका छन्संसारले यसको जबाफ अब पाउँदैछ – र त्यो खासै राम्रो देखिँदैन। डोनल्ड ट्रम्प र इलोन मस्कसँग आफ्नो कुरा राख्ने सबभन्दा विशाल माध्यमहरू छन्।

अब उनीहरू एकअर्का विरुद्ध खनिएका छन्।

‘हाम्रो बजेटमा अर्बौँ पैसा जोगाउने सबभन्दा सरल उपाय भनेको इलोनले पाइरहेको सरकारी ठेक्का तथा अनुदान रद्द गरिदिनु हुने छ,’ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा धम्कीपूर्ण भाषामा लेखेका छन्।

यदि ट्रम्पले सरकारी संयन्त्रलाई मस्कका विरुद्ध परिचालन गरे भने यी अर्बपति प्रविधि कम्पनीका मालिकलाई अवश्य पीडा हुनेछ। बिहीवार उनको कम्पनी टेस्लाको शेयर मूल्य १४५ ले घट्यो .तर पीडा एकतर्फीमात्र चाहिँ हुने छैन।

मस्कले गरे ट्रम्पलाई महाभियोग लगाउने आह्वान

ट्रम्पको धम्कीपश्चात् मस्कले उनलाई महाभियोग लगाउन आह्वान गरे अनि हिम्मत भए आफ्नो कम्पनीलाई प्राप्त सरकारी अनुदान हटाइदिन भने।

साथै उनको कम्पनीको ड्र्यागन स्पेसक्राफ्टलाई फिर्ता गर्ने कार्य तेज बनाउने पनि चेतावनी दिए। अमेरिकी अन्तरिक्षयात्रुहरूलाई ओसारपसार गर्न र इन्टर्न्याशनल स्पेस स्टेशनमा आपूर्ति गर्न अमेरिका सो स्पेसक्राफ्टमा निर्भर छ।

मस्कसँग ट्रम्पलाई जबाफ दिन असीमित स्रोत छन्। उनले आगामी वर्ष हुने संसदीय तथा प्राइमरी चुनावहरूमा ट्रम्पविरोधी उम्मेदवारहरूलाई आर्थिक सहयोग दिन सक्छन्।

अनि बिहीवार अबेर उनले ट्रम्पका विरुद्ध ‘ठूलो बमु खसाल्न लागेको भन्दै विना प्रमाण दिवंगत यौन अपराधी जेफ्रे एप्स्टिनका हालसम्म सार्वजनिक नभएका फाइलहरूमा ट्रम्पको नाम पनि रहेको आरोप लगाए।

ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले मस्कले लगाएको आरोपको हलुका प्रतिवाद गरिन्।

‘इलोनबाट भएको यो दुर्भाग्यपूर्ण काम हो। उनले चाहेको नीति नसमेटिएका कारण उनी ‘वन बिग ब्युटिफुल बिलुसँग असन्तुष्ट थिए,’ लेभिटले भनिन्।

ट्रम्पले अघि सारेको अनि ‘विशाल र सुन्दरु संज्ञा दिएको विधेयकले सरकारी बजेट घाटा चर्कने भन्दै मस्कले त्यसलाई घिनलाग्दो भनेर केही दिन अगाडि टिप्पणी गरेपछि दुईबीचको विमति उजागर भएको थियो।

करिब चार महिना डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिअन्सी ‘डोज’ हाँकेका मस्कले अर्बौ डलर खर्च कटौती गरिदिएको दाबी गरेका थिए र गत सातामात्रै उक्त अभियानबाट उनको बहिर्गमन हुँदा ट्रम्पले उक्त कार्यलाई प्रशंसा गरेका थिए। बीबीसिबाट

प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार  ११ : ५१ बजे