काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
प्रतिनिधिसभाको बैठकमा अबरोध गर्दे आएका विपक्षी दलहरूको बैठक बसिरहेको हो ।
भिजिट भिसामा गृहमन्त्री रमेश लेखक जोडिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागबाट लचिलो हुँदै विक्षी दलहरूले जेठ १३ गतेदेखि लगातार संसद् बैठक अवरोध गर्दै आएका छन् ।