काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
नयाँ बानेश्वर स्थित संसद् भवनमा आफ्नो कार्यकक्षमा दिउँसो १२ बजेको लागि विपक्षीहरुको बैठक बोलाएका छन् ।
भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेका छन् ।
यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।