प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि तीन दलका प्रमुख सचेतकबिच छलफल



काठमाडौँ । भिजिट भिषा प्रकरणलाई लिएर विपक्षी दलहरुले सदन अवरोध गरेपछि खुलाउन सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकहरुबिच छलफल सुरु भएको छ ।

नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे, एमालेका महेश बर्तौला र माओवादीका हितराज पाण्डेसँग सभामुख देवराज घिमिरे बानेश्वरस्थित संसद भवनमा छलफल सुरु गरेका हुन् ।

भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखेकको समेत संलग्नता रहेकाले उनले राजीनामा दिनुपर्ने माग राख्दै विपक्षी दलहरुले जेठ १२ गतेदेखि प्रतिनिधिसभाको काम कारबाही अघि बढ्न दिएका छैनन् ।

आज प्रतिनिधि सभा बैठक १ बजेका लागि तय गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार  १२ : १२ बजे