रास्वपाको अडान कायमै, संसद् बैठक अनिश्चित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने अडान कायमै राखेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडानबाट राष्ट्रिय स्वतन्त्र पार्टी पछि नहटेसँगै आजको संसद् बैठक पनि अनिश्चित बनेको छ ।

संसद्को गतिरोध अन्त्य गर्नेगरी सत्ता र प्रतिपक्ष दलहरूबीच निरन्तर छलफल जारी छ । जेठ १२ गतेदेखि भिजिट भिषा प्रकरणलाई लिएर विपक्षी माओवादी, रास्वपासहितका दलहरुले गरेको अवरोध फुकाउन सत्ता र प्रतिपक्षी दलहरु लगातार छलफलमा बसे पनि अझै कुनै उपलब्धि हासिल नभएको छ।

भिजिट भिषा प्रकरणमा सुरुमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै उनले राजीनामा दिनुपर्ने अडानमा रहेका विपक्षी दलहरु छानबिन समिति बनाए संसदको अवरोध हटाउन तयार भए पनि सरकार र सत्ता पक्षीय दलहरुले मानेका छैनन्।

प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार  ३ : २८ बजे