प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित्



काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा बैठक ९बुधबार० दिउँसो १ बजे बस्ने गरि सूचना टाँसेर स्थगित भएको छ ।

सोमबारको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि २० मिनेटका लागि स्थगित भएको थियो ।सभामुखले पटकपटक सदनमा अवरोध नगर्न आग्रह गरे पनि विपक्षीले नमानेपछि बैठक स्थगन गरिएको हो ।

विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।

संसद् अवरुद्ध हुँदा जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी वर्षको बजेटमा छलफल सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार  ७ : ०३ बजे