विद्या भण्डारीले भनिन् – कार्यकर्ता भेट्न मैले कसैसँग अनुमति लिनुपर्दैन



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तासँग भेटघाट गर्न आफूले कसैको अनुमति लिनुनपर्ने बताएकी छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीलाई लक्षित गर्दै उनले आफूले एमालेका कार्यकर्तासँग भेट्न कसैको अनुमति नचाहिने बताइन्।

उनले भनिन्, ‘मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र ?’ ‘मैले त संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आएको हुँ। चिनजान पनि ठूलै छ। पार्टीका नेताहरूले कार्यक्रममै बोलाउनु स्वाभाविक हो।’

उनले पार्टीभित्र गुटगत राजनीति गर्न लागेको भन्नेबारेमा आफू कहिल्यै गुट बनाउने मान्ने नभएको बताइन्।

प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार  १ : ०२ बजे