एमाले प्रदेश सांसद ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झण्डै ७ करोड बिगो दाबी



काठमाडौं, २७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दिपेन्द्र कुमार ठाकुरसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मधेस प्रदेशका प्रदेशसभा सदस्य ठाकुरसहित औरही गाउँपालिका धनुषाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मीरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरसहित १७ जनालाइ अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

धनुषाको औरही गाँउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा ठाकुरविरुद्ध अख्तियारले आज मुद्दा दायर गरेको हो ।

ठाकुर धनुषा क्षेत्र नम्बर ३ ९ख० बाट निर्वाचित एमालेका सांसद हुन् । अख्तियारले उनीहरुसँग ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार  ७ : २५ बजे