काठमाडौं । संवैधानिक निकायका ५२ जना पदाधिकारी नियुक्ति विवादमा सर्वोच्च अदालतले आज (बुधबार) आफ्नो निर्णय सुनाउँदैछ ।
यससम्बन्धी रिटमा बहस सकिएकाले सर्वोच्चले आज निर्णय सुनाउने भएको हो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा यो रिटको सुनुवाइ भइरहेको थियो।
२०७७ मंसिर र २०७८ जेठमा दुईपटक संवैधानिक परिषद सम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसदीय सुनुवाइ विनै नियुक्त पदाधिकारी नियुक्त गरेका थिए। सोही विरुद्ध सर्वोच्चमा रिट परेको थियो।