काठमाडौं ।प्रतिनिधिसभा बैठकको अवरोध खुलाउने सवालमा विपक्षीहरु छलफलमा जुटेपनि साझा धारणा बनाउन सकेका छैनन् ।
बैठकअघि माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र आजपाका नेताहरु छलफलमा जुटेका थिए ।
प्रतिनिसभामा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै जेठ १२ गतेदेखि संसद अवरोध गर्दै आएका छन्।
भिजिट भिसा प्रकरणमा रास्वपाले अघि सारेको पाँच बुँदे प्रस्तावमाथि साझा धारणा बनाउने भनिएको थियो । तर, कुनैपनि हालतमा छानबिन समिति बनाईनुपर्ने पक्षमा रास्वपा छ ।