संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धटको रिटमा आएन फैसला, अब असार १८ गते आउने



काठमाडौं, २८ जेठ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक पदका नियुक्तिविरुद्धको रिटको फैसला आगामी असार १८ गते सुनाउने भएको छ ।

आज फैसला सुनाउने भएपनि इजलासमा रहेका न्यायाधीशहरुबीच राय बाझिएपछि निर्णय सुनाउने दिन सरेको जनाइएको छ ।

आज (बुधबार) उक्त रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा पेसी चढेको थियो ।

५२ जना पदाधिकारीको नियुक्ति गैर संवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

अध्ययनका लागि समय नपुगेर पेसी सारिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार  ६ : १२ बजे