भिजिट भिसा प्रकरण : छानबिन समिति गठनका लागि सबै प्रतिपक्षी दल एकमत



काठमाडौँ। भिजिट भिसा प्रकरणमा संसद्मा प्रतिनिधित्व गर्ने सबै प्रतिपक्षी दलहरु छानबिन समिति बनाउने कुरामा एकमत भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एकमत भएको जानकारी दिए ।

सांसद मनिष झालेका अनुसार हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषामार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार  ४ : २२ बजे