एअर इन्डिया विमान दुर्घटनामा २४० जनाको मृत्यु भएको पुष्टि, दुई जनाको जिवितै उद्दार



काठमाडौं । भारतको अअहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २४० जना पुगेको छ।

भारतीय मूलका ब्रिटिश नागरिक रमेश विश्वास कुमार र अन्य एक यात्रिको जिवितै उद्दार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

चालक दलका सदस्यसहित विमानमा सवार २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो ।

त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार  ७ : ५१ बजे