राप्रपाका महामन्त्री धवलशमशेरको बयान न्यायाधीश खनालको इजलासमा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको बयान सुरु भएको छ ।

उनी आज बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । आज (सोमबार) काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिव प्रसाद खनालको इजलासमा उनको बयान सुरु भएको हो ।

गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए ।

राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ । उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।

प्रकाशित मिति : असार २, २०८२ सोमबार  ११ : ३९ बजे