संसद् अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख



काठमाडौं ।प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित गरेर सभामुख देवराज घिमिरे पाँच दलसँग छलफल थालेका छन् ।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलसँग छलफल थालेका हून् ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : असार ३, २०८२ मंगलबार  ३ : ५० बजे