काठमाडौँ । राप्रपा र रास्वपाले आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरी बाहिरिएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखककै नाम मुछिएकाले ‘दुधको साक्षी बिचालो’ भएको भन्दै उनीहरू संसदबाट बाहिरिएका हुन्।
रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा तथा संसदीय छानबिन समितिको माग गर्दै निरन्तर रुपमा संसद् अवरोध गरेका छन्।