पतञ्जलि जग्गा प्रकरण : माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित हुँदै



काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित् हुने भएका छन् ।

नेपाल निकट एक कानुन व्यवसायीका अनुसार पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी उपस्थित हुन लागेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूनिकटका नेताहरुसँग आफूले कुनै गलत काम नगरेको भन्दै अदालतबाट निर्दोष सावित हुने विश्वास दिलाउने गरेका छन् ।

प्रकाशित मिति : असार ११, २०८२ बुधबार  ११ : ०२ बजे