२१२ औँ जन्मजयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण (तस्बिरहरु)



काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाइएको छ ।

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ असार २९ गते आदिकवि भानुभक्तको जन्म भएको थियो ।

सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गते नेपाली भाषासाहित्य र संस्कृतिप्रेमीद्वारा विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउने गरिन्छ ।

प्रकाशित मिति : असार २९, २०८२ आइतबार  ११ : २० बजे