ओलीसँग कुराकानी गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासलमा




काठमाडौँ-
 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेकी छन्। दिउँसो ३ बजे हुने भनिएको ओलीसँगको भेटका लागि विद्या च्यासल पुगेकी हुन्।

तर ओली भने कार्यव्यस्तताका कारण एक घण्टा ढिलो मात्र आउने भएका छन्।

भण्डारीको सदस्यता र जिम्मेवारीका विषयमा ओली र भण्डारीबीच कुराकानी हुने यसअघि नै बताइसकेका छन्।

नेताहरूले विवाद मिलाउन अध्यक्षसमेत रहेका ओलीलाई जिम्मा दिएका थिए।

शनिावर पोलिटब्युरो बैठकपछि विद्याको सदस्यता पेण्डिङमा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए। त्यहीबारे छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन्।

यसअघि अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए। भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्किएको विषयमा अध्यक्ष ओलीले छलफल गर्ने बताएका थिए।

एमाले केन्द्रीय कमिटी बैठक बस्नुअघि विद्या ओलीलाई भेट्न पार्टी कार्यालय जाने भएकी हुन्।

सोमबार एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार  ३ : ४४ बजे