पूर्व राष्ट्रपति भण्डारीले भनिन् – राजनीतिमा आइसकेको छु,पछि हट्दिन



काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आएकोबारे एमाले केन्द्रीय कमिटी बैठकमा चर्को बहस भइरहेका बेला भण्डारीले आफू अब पछि नहट्ने दोहोर्‍याएकी छन् ।

मंगलबार भण्डारी निवास बुढानीलकण्ठस्थित भंगालमा पुगेका सञ्चारकर्मीसँग उनले अब राजनीतिबाट पछि नहट्ने बताएकी हुन् । ‘म सक्रिय राजनीतिमा आइसकेको छु, अब पछि हट्ने कुरा हुँदैन छैन,’– उनले भनिन् ।

साथै, उनले आफू राजनीतिमा आएको विषयलाई लिएर अहिले कार्यकर्तालाई आतङ्कित पार्ने काम भइरहेको पनि उनले बताए । उनले उक्त कार्य गलत रहेको बताएकी छन् । ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ यो ठिक छैन,’– उनले भनिन् ।

प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार  ४ : ५२ बजे