शंकर पोखरेलले भने- विद्या भण्डारीको सदस्यता नवीकरण स्वत: निष्क्रिय भयो



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी सदस्यता नवीकरणका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि पठाएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।

उनले भने , ‘हिजोको बैठकबाट हामीले एउटा निष्कर्ष निकालेका छौं । उहाँको जे भूमिका मुलुकको लागि आवश्यक ठानिएको छ, त्यो परिप्रेक्षमा पार्टी राजनीतिमा फर्किने कुरा उपयुक्त हुँदैन भन्ने निष्कर्ष निकालिसकेपछि सदस्यताको विषय स्वतः निष्कृय भएको छ । त्यस अर्थमा सदस्यता नवीकरणको विषयलाई हामीले स्थगित गरेका छौं,’ ।

साथै, ‘पार्टी सदस्यता नवीरणका लागि प्रतिनिधि पठाउनुभएको थियो, नवीकरण भएको सार्वजनिक भइसकेको छ। त्यतिबेला सार्वजनिक नगर्ने भन्ने पार्टीको कुरा थियो। यो छलफलको विषय हो भनिएको थियो। पूर्वराष्ट्रपतिले आफै सार्वजनिक गर्नुभयो,’ च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने।

पूर्व राष्ट्रपति राजनीतिमा फर्किने कुरा उपयुक्त नहुने निष्कर्षसहित पार्टी सदस्यता नवीकरणलाई अस्वीकार गरिएको एमाले महासचिव शंकर पोखरेलले बताए ।

प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार  ४ : ५४ बजे