बिहीबार तोलामा २ हजार ४०० रुपैयाँले घट्यो सूनको मूल्य



काठमाडौँ ।स्थानिय बजारमा बिहीबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुन घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सूनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ८, २०८२ बिहीबार  ११ : ४१ बजे